गोरखा । गोरखास्थित गोरखनाथ कालिका मन्दिरको प्रचार–प्रसार गर्दै धार्मिक पर्यटक भित्र्याउन गोरखाबाट गोरखपुरसम्म ‘खिचडी यात्रा’ गरिने भएको छ । भारतको उत्तर प्रदेशका भारतीय पर्यटकलाई गोरखा भित्र्याउन गोरखाको गोरखनाथ मन्दिरबाट गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्म एक सय आठ जनाको सहभागितामा धार्मिकयात्रा गर्न लागिएको हो । “प्राचीनकालदेखि नै गोरखाको गोरखनाथ मन्दिरबाट गोरखपुरमा रहेको गोरखनाथ मन्दिरमा खिचडी पठाउने प्रचलन…