काठमाडौँ । सुदूरपश्चिमकै प्रसिद्ध बाजुराको बडिमालिका र बुढीनन्दामा आज मेला लागेको छ । जनैपूर्णिमाको अघिल्लो दिन बडिमालिकामा मुख्य पूजा गर्ने गरिन्छ । बाजुराका चार शक्तिपीठ बडिमालिका, बूढीनन्दा, बडालेक र सुनन्दामा साउन पूर्णिमाको अघिल्लो दिन परम्पराअनुसार एकसाथ पूजा गर्ने परम्परा छ । बडीमालिका र बुढीनन्दालाई दिदीबहिनीका रुपमा शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात् भदौ चतुर्दशीका दिन पूजासहित…