भजनी (कैलाली) । हुलाकी राजमार्गअन्तर्गत निर्माण भइरहेका सडकमा बजेट अभाव भएको छ । कैलालीमा सञ्चालन भइरहेको लम्की–टीकापुर–खक्रौला सडकखण्ड र टीकापुर नगरपालिकाको सत्तीबाट धनगढीसम्म सडकको काम चलिरहेको छ । आयोजनाले पर्याप्त बजेट नहुँदा कामको मूल्याङ्कनका आधारमा निर्माण कम्पनीलाई भुक्तानी गर्न सकेको छैन । लम्की–टीकापुर–खक्रौला सडक निर्माण तीन चरणमा सुरु भएकामा पहिलो चरणको काम गत वर्ष सम्पन्न…