सिरहा । सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादबबिरूद्ध सिरहाको गोलबजारमा बिरोध प्रदर्शन र गरिएको छ । संयुक्त दलित मोर्चा सिरहाले दलित समुदायलाई अपमानित हुने व्यवहार गरेका भगवानपुर गाउँपालिका अध्यक्ष यादवलाई कारबाही गर्न माग गरेको हो । मोर्चाले शुक्रबार सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडालाई ज्ञापनपत्र बुझाउँदै जातीय छुवाछूत गरेका गाउँपालिका अध्यक्ष यादवलाई कानूनबमोजिम हदैसम्मको कारबाही…