काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति खारेजीको मागसहित सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि आइतबार सुनुवाइ हुन सकेन । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा पेसी तोकिएको उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत सर्वोच्च अदालतमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक रहेको दाबी गर्दै…