सुर्खेत। सुर्खेतकी नन्दा गुरुङ कर्णाली प्रदेशको सभामुख बनेकी छन् । आइतबार भएको प्रदेशसभा सभामुखको निर्वाचनमा गुरुङले २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खड्गबहादुर पोखरेलले १४ मत प्राप्त गरे । उनलाई गठबन्धनको मात्रै मत प्राप्त भएको हो । एमालेकी गुरुङलाई एमालेको १०, नेकपा (माओवादी केन्द्र) को १३, र…