तरुण दलका अध्यक्ष बस्नेत सर्वाधिक मत सहित महाधिवेशन प्रतिनिधिमा विजयी

ललितपुर । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत सर्वाधिक मत सहित महाधिवेशन प्रतिनिधि चयन भएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिध (खुल्ला) तर्फ २७८ मत ल्याएर विजयी भएका छन्। खुल्ला तर्फ बीस केन्द्रीय महाधिवेशन प्रतिनिधि भाग लिएका मध्ये एक नम्बरमा मत पाएका थिए। बस्नेतले…