ओखलढुंगामा विद्युत समस्या समाधानका लागि खतिवडाको पहल, प्राधिकरण प्रमुख सिलवालको तत्काल निर्देशन

काठमाडौं । लगातारको वर्षाका कारण ओखलढुंगा जिल्लामा उत्पन्न भएको विद्युत आपूर्तिको समस्या समाधानका लागि नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालसँग भेट गरी ध्यानाकर्षण गराएका छन् । बुधबार प्राधिकरणको केन्द्रीय कार्यालयमा भएको भेटवार्तामा खतिवडाले ओखलढुंगामा दुई दिनदेखि विद्युत आपूर्ति अवरुद्ध भएको गुनासो बढिरहेको भन्दै तत्काल समस्या समाधानका लागि पहल गर्न…