काठमाडौं । शुक्लागण्डकी नगरपालिकामा सेवा लिन पुग्ने नागरिकलाई कर्मचारी खोज्दै विभिन्न शाखामा धाउनुपर्ने बाध्यता हटेको छ । नगरले सार्वजनिक सेवा प्रवाहलाई नियमित, मितव्ययी, कानुन संम्मत, प्रभावकारी र औचित्यपूर्ण बनाई नागरिकमैत्री स्थानीय शासन सञ्चालन गर्न सेवा प्रवाह सञ्चालन केन्द्र स्थापना गरेको छ । योसँगै आम नागरिकको सानो कामका लागि विभिन्न कार्यकक्षमा पुग्नुपर्ने समस्या हटेको हो ।…