इलाम । हालै निर्माण सम्पन्न भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट व्यावसायिक उडान सुरु भएको छ । बुधवारदेखि तारा एयरलाइन्सको जहाजले व्यावसायिक उडान सुरु गरेको हो । साताको दुई दिन हवाई सेवा दिने गरी तारा एयरलाइन्सले व्यावसायिक उडान थालेको हो । हरेक आइतबार र बिहीबार काठमाडाैं-इलाम-काठमाडौँ उडान हुनेछ । व्यावसायिक उडानका लागि तारा एयरलाइन्स र इलाम…