गायक आशिष सचिन ३० लाखमा अनुबन्धित

गायक आशिष सचिन ३० लाखमा अनुबन्धित


ग्लोब नेपाल
594
Shares

काठमाडौं । युट्युवमा करिब १० करोड पटक हेरिएको नेपाली गीत दारी फुल्यो वैँशैमा चस्मा लाउँछौ पावर…का गायक आशिष सचिन वार्षिक ३० लाख रुपैयाँमा ओएसआर डिजिटलमा अनुबन्धित भएका छन् ।

दारी फुल्यो सहित एक कान दुई कान मैदान…, गलबन्दी पछ्यौरी…, ए मुना…सहित थुप्रै हिट गीत श्रोता माझ ल्याएका गायक आशिष सचिनलाई ओएसआर डिजिटलले सोमबार अनुबन्धित गरेको छ ।

उनलाई एक वर्ष भित्र ओएस आरका लागि ८ वटा गीत गाउनु पर्ने र ती गीतमा मोडलिङ पनि गर्नु पर्ने सर्तमा अनुबन्धित गरिएको सो कम्पनीका अध्यक्ष ओम अग्रवालले बताए ।

अनुबन्धित समारोहमा अग्रवालले भने,‘हामीले आशिषजीको गीत दारी फुल्यो…युट्वमा राखेका थियौैं र यो गीतले अहिलेसम्म गीतले करिब ९ करोड ७० लाख (९७ मिलियन) भ्युज युट्युवमा पाईसकेको छ ।’ देश बिदेशमा आशिष सचिनको माग रहेका कारण आफुहरुले ८ वटा गीतमा उनलाई अनुबन्धित गरेको पनि अग्रवालले बताए ।

सम्झौता अनुसार गायक आशिष सचनिले १ वर्षसम्म ओएसआर डिजिटलको निर्माण ८वटा गीत गाउनु पर्ने छ । साथै ओएसआरको विज्ञापनका सामाग्री र म्यूजिक भिडियोमा पनि आशिषले काम गर्नु पर्ने छ ।

आफुले पछिल्ला सयम ओएसआर मार्फत आफ्ना म्यूजिक भिडियो बजारमा ल्याएको र थप ८ वटा गीतमा अनुबन्धित गरेकामा खुसी लागेको गायक आशिष सचिनले कार्यक्रममा बताए ।

गायन सँगसँगै म्यूजिक भिडियोको अभिनयमा समेत अब्बल मानिएका आशिषले अभिनय गरेको पछिल्लो म्यूजिक भिडियो छमक छमक तेरी पाउजुले राम्रो चर्चा पाएको छ ।