अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन र रुसी विदेशमन्त्री सर्गेइ लाभारोभबीच नयाँ दिल्लीमा भेट भएको छ । जी-२० राष्ट्रका विदेशमन्त्रीहरुको बैठकमा भाग लिन दिल्ली आएका दुई विदेशमन्त्रीबीच बैठकको उद्घाटन समारोहपछि साइडलाइमा भेट भएको हो । ब्लिंकेन र लाभारोभबीच करिब १० मिनेट कुराकानी भएको जनाइएको छ । भेटपछि अमेकिरी विदेशमन्त्री ब्लिंकेनले रुसी समकक्षी लाभारोभलाई युक्रेन युद्ध तत्काल अन्त्य…