ममाथिको अन्याय सम्झदा प्रत्येक क्षण पीडा हुन्छ

मभन्दा १८ महिना जुनियर जसलाई मैले नै एआईजीको फुली लगाइदिएँ, तत्कालिन शेरबहादुर देउवा सरकारले मलाई पाखा लगाएर उसैलाई प्रहरी महानिरीक्षक पदमा नियुक्ति गर्‍यो । सुरक्षा निकायमा सिनियर र जुनियरको थोरै पनि हेक्का नराखेको देउवा सरकारले ममाथि अन्यायमात्र गरेन, मेरो व्यवसायिक जीवनको हत्यासमेत गर्‍यो । राज्यबाट ममाथि भएको यस्तो अक्षम्य अन्याय संसारको कुनै पनि मुलुकको इतिहासको…