अस्ताए ओखलढुंगा कांग्रेसका डिल्ली ‘काका’

काठमाडौं । नेपाली कांग्रेस नेता, जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको शनिबार राति निधन भयो । अर्बुद रोगबाट पीडित ७२ वर्षीय खनालको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा निधन भएको हो । स्वर्गीय खनाल दुई वर्ष अगाडिदेखि नै 'प्याङ्क्रियाटिक क्यान्सर'बाट पीडित थिए । त्यतिबेला उनको भारतको 'राजिब गान्धी क्यान्सर इन्टिच्युट एण्ड रिसर्च सेन्टर, नयाँदिल्ली'मा…