सहकारी प्रकरणबारे छानबिन समिति गठन हुनुपर्नेमा विपक्षी दलहरु एकमत

काठमाडौँ । सहकारी प्रकरणका संसदीय छानबिन समिति गठन हुनुपर्नेमा विपक्षी पाँच दल एकमत भएका छन् । शुक्रबार नयाँ बानेश्वरमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा भएको बैठकमा संसदीय छानबिन समिति गठन हुनुपर्ने निष्कर्ष निकालिएको महामन्त्री गगन थापाले जानकारी दिए । यस्तै बैठकले बिहीबार प्रतिनिधिसभा बैठकमा सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै यसबारे उनलाई नै भेटेर ध्यानाकर्षण गराउने…