काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र देखिएको विवाद समाधानका लागि मुख्य नेतृत्वले पहल गर्नुपर्ने बताएका छन्। संस्थापन इतर समूहको बैठकमा बोल्दै उनले पार्टी विभाजनको अवस्था सिर्जना भए त्यसको जिम्मेवारी आफूहरूको कारणले नहुने दाबी गरेका हुन्। चुनदेवीमा आयोजित बैठकलाई हिजो बुधबार सम्बोधन गर्दै खड्काले पार्टी एकताको प्रयास गर्नुपर्ने पक्षहरू नै अहिले टाढा…