५ मुलुकका प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनुवाइपछि अनुमोदन

काठमाडौं । जापान र इजिप्टसहित विभिन्न ५ मुलुकका प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनुवाइपछि अनुमोदन भएको छ । सरकारले सिफारिस गरेका जापानका लागि दुर्गाबहादुर सुवेदी, इजिप्टका लागि सुशीलकुमार लम्साल, ब्राजिलका लागि निर्मलराज काफ्ले, अस्ट्रेलियाका लागि भरतकुमार रेग्मी र बहराइनका लागि तीर्थराज वाग्लेलाई संसदीय सुनुवाइ समितिले हिजो छुट्टाछुट्टै सुनुवाइ गरेलगत्तै अनुमोदन गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी…