काठमाडौं । निर्वाचनको मिति तोक्न ढिलाइ भइरहँदा सत्तारुढ दलहरुले एक अर्कालाई 'साइज' मा ल्याउने प्रयत्न गरिरहेका छन्। नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाट आगामी पाँच वर्ष आफ्नो नेतृत्वमा गठबन्धनका दलहरुको साथमा सरकार बनाउने निर्णय गरेसँगै सत्ता गठबन्धनका अन्य दलहरु झस्किएका छन् र उनीहरुले पनि आफूहरुलाई 'सम्मानजनक' सीट नदिए छुट्टै मोर्चाबन्दी गर्ने चेतावनी मात्र दिएका छैनन्…