काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रधानमन्त्री वालेन्द्र शाह पक्षबाट समायोजनमा आएका १६ नेताले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छैनन् । रास्वपा सभापति रवि लामिछाने र तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाहबीच निर्वाचनअघि भएको राजनीतिक सहकार्यपछि वालेन्द्र पक्षबाट २६ जना नेता पार्टीमा समायोजन भएका थिए । तीमध्ये केही सांसद् निर्वाचित भइसकेका छन् भने…