रवि लामिछानेको अभियोगपत्र संशोधनको थप सक्कल प्रमाण कागजात झिकाउन आदेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन प्रक्रियामा फेला परेका नयाँ प्रमाण झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । आइतबार न्यायाधीश मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले महान्यायाधिवक्ता कार्यालयबाट अभियोगपत्र संशोधनसँग सम्बन्धित थप सक्कल प्रमाण कागजात झिकाउन आदेश गरेको हो । महान्यायाधिवक्ता सबिता भण्डारीले…