मतदाता शिक्षा विशेष कार्यक्रम फागुन ३ देखि १७ सम्म

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार निर्वाचन सफल बनाउन मतदाताको सचेत सहभागीता अनिवार्य हुने भएकाले आम–नागरिकलाई निर्वाचन प्रक्रिया, मताधिकारको महत्व तथा मतदान विधिबारे समयमै जानकारी दिन सो कार्यक्रम सञ्चालन…