काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार अपराह्न ४ बजे बस्ने गरी बैठक आह्वान भएको हो । बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त वक्तव्य जारी गरेर विशेष महाधिवेशन आह्वान गरेपछि पहिलो पटक केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान भएको हो…