रास्वपाको निर्वाचनमा बालबालिकाको सहभागिताप्रति प्रश्न उठेको छः काँग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद रेणुका काउचाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीमा परिचालित गरेको विषयले आफूलाई निकै गम्भिर र आश्चर्य चकित बनाएको बताएकी छन् । सांसद काउचाले नेपालको संविधान, कानूनले समेत बर्जित गरेको अवस्थामा उक्त पार्टीमा ठूलो संख्यामा बालबालिकाहरु रहेको उल्लेख गर्दै उनीहरुले निर्वाचित गरेका पदाधिकारी तथा…