रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको प्रथम महाधिवेशन उद्घाटन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेस्टहाउस’ चौरमा पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवम् प्रधानमन्त्री वालेन्द्र शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरे । सो अवसरमा उनीहरूसँग मञ्चमा रहेका अतिथिहरूले पनि एकै साथ घण्टी बजाएका थिए । कार्यक्रममा नेपाली काँग्रेसका सभापति गगनकुमार थापा, नेकपा (एमाले)का नेता…