काठमाडाैं । विदेशमा रहेका आफ्ना नागरिकलाई आगामी प्रदेश र संघीय संसद्को निर्वाचनबाट नै मतदान प्रक्रियामा सहभागी गराउन विश्वभरका नेपाली जनसम्पर्क समितिका प्रतिनिधि नेताहरुले सरकारलाई अनुरोध गरेका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुगेका समितिका विभिन्न देशका सभापतिहरुले प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संयुक्त रुपमा भेटी यस्तो अनुरोध गरेका हुन्। नेपाली जनसम्पर्क समिति,अमेरिकाका सभापति एवं नेपाली…