काठमाडौं । इङ्ग्ल्यान्डका जोए रुटले टेस्ट क्रिकेटमा ३७औं शतक पूरा गरेका छन् । घरेलु मैदान लर्ड्समा भारतसँगको तेस्रो टेस्टको पहिलो पारीमा रुटले शतक बनाएका हुन् । लर्ड्समा उनको यो ८औं शतक हो । योसँगै ३४ वर्षीय रुट टेस्ट क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउने खेलाडीको पाँचौं स्थानमा उक्लिएका छन् । टेस्ट क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउनेमा…