काठमाडौं । एन्फा यु–१६ लिग फुटबलमा चर्च ब्वाइज युनाइटेड क्लबले थ्रिस्टार क्लबविरुद्ध कठिन जित निकालेको छ । एन्फा मैदान सातदोबाटोमा मंगलबार भएको खेलमा चर्च ब्वाइजले थ्रीस्टारलाई १–० गोलले हरायो । चर्च ब्वाइजको जितमा सुशन थापामगरले २१औँ मिनेटमा निर्णायक गोल गरे । जितसँगै चर्च ब्वाइजले १८ खेलबाट ४४ अंक बनाएको छ । पराजित थ्रीस्टारको समान खेलबाट…