इस्लामावाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएपछि यसको असर अफगानी क्रिकेटरलाई परेको छ । अमेरिकामा हुने मेजर लिग क्रिकेट (एमएलसी) मा खेल्ने अफगानी क्रिकेटर राशिद खान र नूर अहमद लगायत ७ खेलाडी एमएलसीमा आवद्ध छन् । ट्रम्पको घोषणाले १२ देशका नागरिकहरूको संयुक्त राज्य अमेरिकामा प्रवेश पूर्ण रूपमा प्रतिबन्धित गरेको छ…