काठमाडौं । फ्रान्सको लिग खेलिरहेकी सावित्रा भण्डारी ‘साम्बा’ ले ह्याट्रिक गरेकी छन् । साम्बाको ह्याट्रिकमा फ्रेन्च क्लब एन अभेन्ट गुइगाम्पले फ्रेन्च महिला लिगमा जित हासिल गरेको छ । बुधबार सम्पन्न खेलमा गुइगाम्पले सेन्ट एटिनलाई ३–२ गोलले पराजित गरेर सो जीत हासिल गरेको हो । खेलमा साम्बाले ५७औ, ८५औ र ९५औ मिनेटमा गोल गरेकी थिइन् ।…