काठमाडौं । काओइमहे ब्रेको सानदार ब्याटिङसँगै अस्ट्रेलियाले आइसिसी यु–१९ विश्वकपअन्तर्गतकाे खेलमा नेपाललाई १४० को विशाल लक्ष्य दिएको छ । वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनाएको हो । दुई ओपनरसहित कप्तान लुसी ह्यामिल्टनलाई १४ रनमै गुमाएको अस्ट्रेलियाले ब्रेको इनिङ्सले खेलमा पुनरागमन गरेको हो…