काठमाडौं । चौथो टेस्ट क्रिकेटमा अस्ट्रेलियाले भारतलाई १ सय ८४ रनले हराएको छ । अस्ट्रेलियाले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याएको भारत पाँचौं दिनको चिया समयपछि १ सय ५५ रन बनाउँदा अलआउट भयो । भारतका यशस्वी जयसवालले सबैभन्दा धेरै ८४ रन बनाए । अस्ट्रेलियाका कप्तान प्याट कमिन्स र स्कट बोल्यान्डले ३/३ विकेट लिए ।…