इंग्ल्यान्डका अलराउण्डर रवि बोपाराले चितवन राइनोजबाट एनपीएल खेल्ने

काठमाडौं । इंग्ल्यान्डका अलराउण्डर रवि बोपाराले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । उनलाई चितवन राइनोजले अनुबन्ध गरेको हो । चितवनले पाँचौं विदेशी खेलाडीका रुपमा बोपारालाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । चितवनले यसअघि दक्षिण अफ्रिकाका तीव्र गतिका बलर मार्चन्ट डे लाङ्ग, इंग्ल्यान्डका ल्यूक मार्टिन बेनकेन्स्टाइन, अफगानिस्तानका हसन इसाखिल र नामिबियाका…