दशरथ रंगशालामा गेटदेखि मैदानसम्मै सुरक्षाकर्मी परिचालन

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलका लागि पर्याप्त सुरक्षा व्यवस्था मिलाएको प्रहरीले जनाएको छ । साँझ ६:३० बजे नेपाल र बंगलादेशबीच फाइनल खेल हुँदै छ । जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार खेल हुने स्थान दशरथ रंगशाला र आसपासमा सुरक्षाको राम्रो व्यवस्था गरिएको छ । उनले…