चर्च ब्वाइजले जित्यो फाल्गुनन्द गोल्डकपको उपाधि

काठमाडौं । मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेडले ११औं संस्करणको फाल्गुनन्द गोल्डकपको उपाधि जितेको छ । फिदिम माविको मैदानमा आज भएको फाइनलमा चर्च ब्वाइजले मच्छिन्द्रलाई पेनाल्टी शुटआउटमा ५–४ गोलले हरायो । निर्धारित ९० मिनेटको खेलमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । चर्च ब्वाइजले उपाधिसँगै १० लाख पाँच सय ५५ रुपैयाँ…