काठमाडौँ । अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ । बुधबार बिहान सम्पन्न खेलमा चिलीलाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । अर्जेन्टिनाले समुह ए मा लगातार दोस्रो जित हासिल गरेको छ । चिलीविरुद्धको जितमा खेलको ८८औ मिनेटमा लाउतारो मार्टिनेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि समुह…