केपी ओली एफसीलाई हराउँदै मछिन्द्र फाइनलमा

काठमाडौं । मछिन्द्र फुटबल क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो सेमिफाइनलमा आयोजक टोली केपी ओली एफसीलाई १-० गोल अन्तरले हराउँदै मछिन्द्र उपाधि नजिक पुगेको हो । मछिन्द्रलाई जित दिलाउन विमल घर्ति मगरले निर्णायक गोल गरे । विमलले खेलको १९ औं मिनेटमा गोल गरेका थिए…