१२ स्थान सुधार गर्दै टी–२० बलिङ वरीयताकाे चाैथाे स्थानमा उक्लिए अबरार

काठमाडौं । पाकिस्तानका स्पिनर अबरार अहमदले आईसीसी टी–२० बलिङ वरीयतामा एकैपटक १२ स्थान सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा अबरार १२ स्थान सुधार गर्दै चौथो स्थानमा आइपुगेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) मा चलिरहेको एशिया कपमा उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । २७ वर्षीय अबरारले करिअरकै उत्कृष्ट…