काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिग छनोट चरण अन्तर्गत समूह ‘बी’ को आफ्नो पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले आज उज्वेकिस्तानको पीएफसी नासाफसँग खेल्दैछ । खेल उज्वेकिस्तानको क्वार्सीमा नेपाली समयअनुसार राति सवा ९ बजे शुरु हुनेछ । यसै समूहमा रहेका थाइल्याण्डको कलेज अफ एशियन स्कोलार्स र साउदी अरेबियाको अल नासेरबीच पनि आजै खेल हुनेछ ।…