रमाइला नानी पुरस्कार रामवावु सुवेदीलाई

काठमाडौं । यस वर्षको ‘रमाइला नानी बालसाहित्य पुरस्कार’ बालसाहित्यकार रामवावु सुवेदीलाई प्रदान गरिएको छ। पाँच दशकदेखि सरल र सुरूचिपूर्ण सिर्जनाका माध्यम बालबालिकाको मनमा गहिरो छाप छोड्न सफल सुवेदी योगदानको मूल्याङ्कन गर्दै सो पुरस्कार प्रदान गरिएको आयोजक संस्था ‘कृष्ण साहित्य सदन’ले जनाएको छ। सुवेदीलाई डा. तीर्थबहादुर श्रेष्ठले राजधानीमा आयोजित एक समारोह बीच पुरस्कार प्रदान गरेका हुन्।…