सिमलटारकी अप्सरा

नाम मात्रको डोजर सडक सिमलटार आइपुगेको थियो । सडक स्कुललाई छोएर कर्कले खोलाको किनारैकिनार हुँदै माथिल्लो डाँडा निस्कनुपर्ने थियो । तर, प्रधान बा'को घर नछोई सडक कसरी अगाडि बढ्नसक्थ्यो र ! त्यसैले सडकको नक्सा नयाँ बनाइयो । जसका लागि जुनारबोटेको घुर्यान खेतमा सडकले दुई मोड लिनुपर्ने भयो । जुनारबोटे बूढाले खेत मास्न मानेनन् । प्रधान…