काठमाडौं । नेपाल एकीकरणका बेला महत्वपूर्ण योगदान पुर्याएका पोखरेल वंशका गौरव ‘त्रिलोचन उपाध्याय पोखरेल’ पुस्तक बुधबार लोकार्पण गरियो । योगदान र व्यक्तित्व झल्किएको उक्त पुस्तक इतिहासविद् दिनेशराज पन्त र सूर्यबहादुर सेन ओलीले संयुक्तरुपमा लोकार्पण गरेका हुन् । त्रिलोचन उपाध्याय (पोखरेल) अनुसन्धान प्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तक प्रा.डा. कर्णबहादुर बानियाँले लेखेका हुन् । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष…