कसलाई मतदान गर्ने भनेर मतदाताको गोप्यता भंग नगर्न आग्रह

काठमाडौं । सामाजिक सञ्जाललगायतको प्रयोग गरी सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिनुहुन्छ भनेर मतदाताको गोपनियता भंग गरेकामा जिल्ला निर्वाचन कार्यालय काठमाडौंले आपत्ति जनाएको छ । निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिताको पालना गर्न ध्यानाकर्षण गराउँदै मतदाताको गोपनियता भंग गर्ने कार्य नगर्न/नगराउन अनुरोध गरेको हो । निर्वाचन आचारसंहिता, ०८२ को दफा ४ बमोजिम आचारसंहिता उल्लंघनको कार्य गरेको पाइएकाले…