राष्ट्रियसभाको बैठक बस्दै, विभिन्न महत्वपूर्ण विषयमाथि छलफल हुने कार्यसूची

काठमाडौं । सङ्घीय संसद्को राष्ट्रियसभा बैठक आज अपराह्न १२ः१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ । बैठकमा विभिन्न महत्वपूर्ण विषयमाथि छलफल हुने कार्यसूची रहेकाे सचिवालयले जनाएको छ । बैठकमा सांसदहरू सुमित्रा बिसी, उर्मिला अर्याल र कमला पन्तलगायतले दर्ता गराएको ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन विशेष व्यवस्था गर्नुपर्ने’ भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि…