काठमाडौं । जेनजी युवा मिरज ढुंगानाले आफूहरूले राजनीतिक दल खोल्ने उद्देश्य निर्वाचनमा भाग लिने मात्र नभएको स्पष्ट पारेका छन् । साथै, उनले आफ्ना मुख्य मागहरू पूरा नभएसम्म कुनै पनि हालतमा निर्वाचनमा सहभागी नहुने अडान दोहोर्याए । शनिवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले दल खोल्नुको उद्देश्य निर्वाचनमा जानु मात्र होइन, यो कुरा प्रष्ट होस्…