काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भगवान’ श्रीराम नेपालमै जन्मिएकाे जिकिर गरेका छन् । सोमबार काठमाडौंमा नेकपा (एमाले)को पर्यटन विभागले आयोजना गरेको ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै उनले यस्तो दाबी दोहोर्याएका हुन् । प्रधानमन्त्री ओलीले यसअघि पनि पटक–पटक रामको जन्मभूमि चितवनको माडीस्थित ठोरी भएको बताएका थिए । कसैले त्यत्तिकै कथा…