काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनभित्र एमालेसँग बेलाबेलामा असमझदारी हुनु स्वाभाविक भएको बताएका छन्। शुक्रबार भरतपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले फरक पार्टीबीच सत्ताको साझेदारी हुँदा कहिलेकाहीँ मतभेद हुनु सामान्य भएको स्पष्ट पारे। उनले भने, “एमाले फरक दल भएकाले कहिले कहिले असमझदारी पनि देखिन्छ, यो स्वभाविक हो।” उनले सरकारका केही निर्णयप्रति…