काठमाडौं । कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा ढुंगामुढा भएको छ । एक सुरक्षाकर्मीले दिएको जानकारीअनुसार सानेपास्थित कार्यालयमा तोडफोड भएको छ । यसैबीच कांग्रेसका मन्त्रीहरुले सामूहिक राजीनामा दिने विषयमा छलफल गरेका छन् । अहिले मन्त्री निवास भैसेपाटीमा मन्त्रीहरुले छलफल गरिरहेका छन् । कृषी मन्त्री रामनाथ अधिकारीले भने राजीनामा दिइसकेका छन् । अरु मन्त्रीहरुले स्वास्थ्यमन्त्री प्रदीप पौडेल निवासमा…