गृहमन्त्रीले राजीनामा दिनु नै बुद्धिमानी हुन्छ : कांग्रेस सांसद शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु बुद्धिमानी हुने टिप्पणी गरेका छन् । मंगलबार (जेठ १३) संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले सदनमै स्वतन्त्र छानबिनको माग उठाइएकाले गृहमन्त्रीले मार्गप्रशस्त गर्नु नै बुद्धिमानी हुने बताएका हुन् । “स्वतन्त्र छानबिनको विषयमा सदनमै कुरा उठिरहेको छ । मलाई लाग्छ, बेलुकासम्म केही आउला ।…