महामन्त्रीद्वय थापा र शर्मालाई कारबाही गर्ने कांग्रेस संस्थापनको तयारी

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले महाधिवेशन पक्षधरका नेताहरूलाई कारबाहीको तयारी गरेको छ । संस्थापन पक्षका एक नेताले महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मासहितका नेताहरूलाई कारबाही गर्ने तयारी भएको जानकारी दिए । विशेष महाधिवेशन पक्षधरले निर्वाचन प्रक्रिया अगाडि बढाएर मनोनयनको अन्तिम सूची सार्वजनिक गर्न लागेपछि कारबाहीबाहेक अरु विकल्प नरहेको संस्थापन पक्षको निष्कर्ष छ ।…