काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाएका छन् । बुधबार काठमाडौंमा बसेको राष्ट्रिय भेलाले रञ्जितालाई हटाउने निर्णय गरेको नाउपाका महासचिव ठाकुरसिंह थारुले बताए । रञ्जितालाई अनुशासन समितिले कारबाही गरेको थियो । रञ्जिताले तोकिएको समय भित्र स्पष्टीकरण नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको जानकारी नाउपाले निर्वाचन आयोगलाई पनि दिइसकेको छ…