अनेरास्ववियुमा २०३ पदका लागि ५२१ जनाको उम्मेदवारी

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको जारी २४ औं महाधिवेशनमा निर्वाचन कमिटीले २०३ पदका लागि ५२१ जना उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको हो । अध्यक्षका लागि डा.सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन् । दुवै उम्मेदवारले प्यानलसहित निर्वाचन प्रक्रियामा अघि बढेका छन् । डाक्टर कडरियाको तर्फबाट अर्का अध्यक्षकै दाबेदार दीपक धामीले महासचिवमा…